तत्काल आइटी हब सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ: मन्त्री शर्मा [भिडियाे]

तत्काल आइटी हब सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ: मन्त्री शर्मा [भिडियाे]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमत्री रेखा शर्माले बढ्दो आइसिटी सेवा निर्यातलाई व्यवस्थित गरी प्रवद्र्धन गर्न,यससम्बन्धी उद्योग र स्टार्टअप कम्पनीहरुलाई एकै स्थानबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधारको विकास गर्न तत्काल आइटी हब सञ्चालन गर्नु अनिवार्य भैसकेको बताएकी छन्।

बिहीबार सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आइटी हब सञ्चालन गर्न सके राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताको पुँजीसँगै यो क्षेत्रका दक्ष जनशक्तिको ज्ञान,सीप र श्रमको एकीकृत रुपमा सञ्चालन गर्न सक्ने वातावरण बन्ने धारणा राखिन्।

‘अहिले बढिरहेको आइसिटी सेवा निर्यातलाई व्यवस्थित गर्न तत्काल अइटी हब सञ्चालन गर्नु अनिवार्य भैसकेको छ। सूचना र प्रविधि सम्बन्धी सेवा निर्यातलाई प्रबद्र्धन गर्न,सूचना र प्रविधि सम्बन्धी उद्योग र स्टार्टअपहरुलाई एकै थलोबाट सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधार विकास गर्न सकियो भने यसबाट देश भित्र र बाहिरका लगानीकर्ताको पुँजी तथा यो क्षेत्रका दक्ष जनशक्तिको ज्ञान,सीप र श्रमको एकीकृत रुपमा सञ्चालन गर्न सक्ने वातावरण बन्नेछ,’ मन्त्री शर्माले भनिन्।

विश्व अर्थतन्त्र डिजिटल अर्थतन्त्र नै भएको उल्लेख गरेकी उनले यसको विकास पनि डिजिटल रुपान्तरणबाट मात्रै सम्भव हुने भन्दै विश्वस्तरमा भएका एआई,क्लाउड कम्युटिङ,आइओटी जस्ता नयाँ र परिवर्तनकारी प्रविधिको विकास र विस्तारमा नेपालले कसरी लाभ उठाउने भनेर जतिसक्दो छिटो आवश्यक नीति र कानून बनाउनुपर्नेमा उनले जोड दिइन्।

Logo