संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवस–२०८१ को अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रेस स्वतन्त्रता दिवसले संवैधानिक हक, अधिकारको संरक्षण गर्दै व्यवहारिक चुनौती सामना गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका हुन्।

“राजनीतिक आन्दोलन सकिएसँगै नेपाली प्रेसले सुशासन, विकास र समृद्धितर्फका गतिविधिलाई प्रोत्साहित र प्रवद्र्धन गर्नेतर्फ लाग्नुपर्दछ”, शुभकामना सन्देशमा भनिएको छ, “प्रेसलाई बलियो बनाउने, सबल र सक्षम बनाउने दायित्वबाट सरकार समेत पछि हट्नु हुँदैन।”

नेपालको संविधानले व्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस तथा प्रकाशनको हक प्रत्याभूत गरेको उनको भनाइ छ। लोकतन्त्रमा प्रेसको भूमिका सूचना सम्प्रेषणमा मात्रै सीमित नभई लोकतन्त्रको प्रवद्र्धन र सुशासन प्रत्याभूमिका लागि अपेक्षित रहने उल्लेख गर्दै लोकतन्त्रको स्वास्थ्यका लागि पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँच आवश्यक भएको उनले बताए।

Logo