सभापति देउवा भन्छन्: पार्टीमा आकर्षण बढाउन खेलकुदमा लाग्नुहोस्

सभापति देउवा भन्छन्: पार्टीमा आकर्षण बढाउन खेलकुदमा लाग्नुहोस्

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा विकास गरेको बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम उनले देशमा अहिले युवा पुस्तामा खेलतर्फ अत्यन्तै आकर्षण बढेको भन्दै सबै नेपालीलाई खेलक्षेत्रमा लाग्न पनि आग्रह गरे।

उनले भने,‘नेपाल खेलकुदमा धेरै अगाडि बढेको देश हो। हाम्रो देशमा अहिले युवा पुस्तामा खेलप्रति अत्यन्तै आकर्षण बढेको देखिन्छ। पार्टीका सबै साथीहरुलाई खेलकुदप्रति बढि आकर्षित गरेर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास छ। खेलकुद नेपालको बहुत ठूलो आयाम हो। महत्वपूर्ण विधाको रुप पनि यसले लिन सकेको त्यसैले सबै दाजुभाईहरुलाई यसमा लाग्न पनि अनुरोध गर्दछु।’

उनले नेपाली कांग्रेसमा धेरै चुनौतीहरु रहेको भन्दै चुनौतीहरुको सामना गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे।

Skip This
Skip This
Logo