गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

केन्द्रबिन्दु
28
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । आइतबार विश्वासको मत लिने कार्यसूची राख्न गण्डकी प्रदेश सभा सचिवालयलाई सिफारिस गरिएको हो ।

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २५ गते नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले वैशाख २४ गतेसम्ममा विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा १६८ को उपधारा (४) मा १६८ को उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था उल्लेख छ ।

Skip This
Logo