खानेपानीमन्त्री बिना मगरका पूर्वपतिसहित ३ जनाले विप्लव समूह छाडे

खानेपानीमन्त्री बिना मगरका पूर्वपतिसहित ३ जनाले विप्लव समूह छाडे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको बम विस्फोट काण्डमा संलग्न भएको आरोप लागेका तीन जनाले विप्लव समूह परित्याग गरेका छन् ।

समूहको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली उर्फ सुदर्शनसँगै पक्राउ परेका शंकर अधिकारी, सञ्जीव कार्की र देवराज घिमिरेले समूह छाडेका हुन् ।

समूहबाट बाहिरिएको घोषणा गरेका अधिकारी खानेपानी मन्त्री विना मगरका पूर्वपति समेत हुन् । उनी समूहको मध्यकमाण्ड सचिव थिए । कार्की र घिमिरे पनि मध्यकमाण्डमै कार्यरत थिए ।

शुक्रबार जिल्ला अदालत, ललितपुरले उनीहरुलाई तारेखमा छाडेपछि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले लिखित रुपमै पार्टी परित्याग गरेका घोषणा गरेका हुन् ।

राजनीतिक भूमिका त्यागेर सामान्य जीवनयापन गर्न चाहेकाले पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् । नख्खु विष्फोटमा एक जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न भएको भन्दै प्रहरीले चैत्र ९ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

Skip This
Skip This
Logo