अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्याग गरेकी छिन् ।
करिव ४ वर्ष अघि डा.बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी नेत्री मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् ।
चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएपछि निष्क्रिय जस्तै रहेकी उनले एकाएक राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् । उनले व्यक्तिगत कामहरु रहेकाले राजनीतिबाट अलग हुन् चाहेको बताइन् ।





























प्रतिक्रिया