गृहमन्त्री लामिछानेले मलेसियाका गृहमन्त्रीसँग गरे फोनवार्ता, जीबी राई कहाँ छन् ? [भिडियाे]

गृहमन्त्री लामिछानेले मलेसियाका गृहमन्त्रीसँग गरे फोनवार्ता, जीबी राई कहाँ छन् ? [भिडियाे]

केन्द्रबिन्दु
126
Shares

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका समकक्षी सैफुद्धिन नसुत्तिन इस्माइलसँग फोनवार्ता गरेका छन् । सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा लुकेर बसेको चर्चाबीच गृहमन्त्री लामिछानेले मलेसियाका समकक्षीसँग वार्ता गरेका हुन् ।

मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जालमार्फत यो जानकारी गराएका हुन् । ‘हिजो साँझ मैले नेपालका समकक्षी महामहिम रवि लामिछाने, उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई फोन गर्ने समय पाएँ । मैले गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि हामी दुईबीचको यो पहिलो अन्तर्क्रिया हो ।’ उनले भनेका छन् ।

फोनवार्ताका क्रममा गृहमन्त्री लामिछानेले मलेसियामा नेपाली श्रमिक धेरै रहेको र उनीहरूको सुरक्षा व्यवस्थाबारे चासो राखेका थिए । साथै राष्ट्रिय सिमानाको सुरक्षा र सार्वजनिक व्यवस्थाबारे पनि छलफल भएको थियो । ‘हामीले विदेशी कामदार र सीमापार अपराध रोकथाम लगायतका अन्य धेरै विषयमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छौं।’ मलेसियाका गृहमन्त्री इस्माइलले भनेका छन् ।

Logo