हिरासत छलेर अस्पतालमा बस्ने प्रवृत्ति रोक्न गृहमन्त्री लामिछानेको ३ बुँदे निर्देशन

हिरासत छलेर अस्पतालमा बस्ने प्रवृत्ति रोक्न गृहमन्त्री लामिछानेको ३ बुँदे निर्देशन

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्नका लागि ३ बुँदे निर्देशन जारी गरेका छन्।कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू हिरासत छलेर अस्पतालमा बस्न थालेपछि गृह मन्त्रालयले सोमबार तीन बुँदे मापदण्डसहितको निर्देशन जारी गरेको हो।

यस्त छन् मापदण्ड:
१.शारीरिक एवम् मानसिक रुपमा अस्वस्थ भएको अवस्था। दीर्घ रोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने।

२.अस्पताल लग्नुपर्ने विकल्पका रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्ने।

३.अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नुपरेमा उपयुक्त कारण खुलाउनु पर्ने।

Logo