उपेन्द्र यादवबाट छुट्टिएको अशोक राईको नयाँ पार्टीले पायो मान्यता

उपेन्द्र यादवबाट छुट्टिएको अशोक राईको नयाँ पार्टीले पायो मान्यता

केन्द्रबिन्दु
224
Shares

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलगिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले मान्यता पाएको छ । सोमबार आयोगले राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकै बेला आइतबार यता राई नेतृत्वको असन्तुष्ट समूहले आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएकाे थियाे । जसपा नेपालसँग संघीय संसदमा १२ सांसद थिए । विभाजनको पक्षमा ८ जना सांसद उभिएको र यसमध्ये सात जनाले हस्ताक्षर गरेका थिए । जसपा नेपालबाट नेपाल हटाई जसपा दर्ता गर्न भनिएको थियो ।

सोहीअनुसार आज आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी प्रावधान पालना गर्ने सर्तमा उक्त दल दर्ता गरेकाे हो। साथै आयोगले यो अभिलेखको विवरण संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि पठाउने निर्णय गरेको छ ।

यसअघि जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बनेको थियो। त्यस्तै, बाबुराम भट्टराईले पनि जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी नेसपा बनाएका थिए।

Logo