बागमतीका मुख्यमन्त्री अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइदैँ

बागमतीका मुख्यमन्त्री अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइदैँ

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्।

रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि कार्यक्रममा जाँदै गर्दा मुख्यमन्त्री जम्कट्टेलको एक्कासी स्वास्थ्यमा समस्या देखिएको हो।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको सचिवालयले जनाएको छ।

Skip This
Logo