जिबी राईलाई पक्राउ गर्न सरकार लागिपरेको छः गृहमन्त्री रवि लामिछाने

जिबी राईलाई पक्राउ गर्न सरकार लागिपरेको छः गृहमन्त्री रवि लामिछाने

केन्द्रबिन्दु
56
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानून निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानेले यस्ताे प्रतिक्रिया दिएकी हुन् । कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उनको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उनले बताए ।

प्रकरणमा रास्वपाका सभापतिसमेत रहेका लामिछानेको नाम पनि मुछिएको छ । जसलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नाे ठूलै मुद्धा बनाएकाे छ । लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो।

Skip This
Logo