देउवाकै अगाडि ओलीले संसदमा गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताएपछि…

देउवाकै अगाडि ओलीले संसदमा गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताएपछि…

केन्द्रबिन्दु
364
Shares

सभामुख देवराज घिमिरेले आह्वान गरेकाे प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति गठन गर्नुपर्ने विषयमाा अडिग रहँदा सत्ता गठबन्धनका दलले भने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बाेल्न दिनुपर्ने बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सहजतापूर्वक सदनको बैठक सञ्चालनका लागि कांग्रेसले सहजीकरण गर्ने विश्वास व्यक्त गरे । गृहमन्त्रीमाथि प्रश्न उठेका विषयमा सदनमा बोल्न दिनुपर्छ र कांग्रेस सुन्न तयार नभएपनि आफ्नो पार्टी सुन्न तयार रहेको नेता बर्तौलाले बताए ।

सहकारी पीडितबारेमा कुनै कुरा नराखी अरुलाई निषेध गर्ने तरिकाबाट जाने कांग्रेसको तरिका सही नभएकोसमेत उनले उल्लेख गरे ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आयोजना गरेकाे बैठकमा महत्वपूर्ण छलफल भएको र समस्या समाधानमा केन्द्रित रहेको बताए । यही वैशाख २८ गतेदेखि सुरु हुन लागेको सङ्घीय संसद्को बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले उल्लेख गरे ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाका विषयमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएको प्रमुख सचेतक परियारले जानकारी दिए ।

Skip This
Logo