‘अहिलेसम्म कांग्रेस एमाले मिलेर सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन’

‘अहिलेसम्म कांग्रेस एमाले मिलेर सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन’

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली कांग्रेसले अहिलेसम्म एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनैपनि छलफल नभएको प्रष्टोत्ति दिएको छ।

बुधबार संसदीय दलको कार्यालय सिहदरबारमा संसदीय मामिला पत्रकारसँग भेटघाट तथा अन्तर्कृया कार्यक्रममा बोल्दै प्रमुख सचेतक रमेश लेखकले अहिलेसम्म एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनैपनि छलफल नभएको प्रष्टोत्ति दिएका हुन्।

उनले भने,‘एमालेसँग सरकार बनाउने कुरामा अहिलेसम्म कुनै छलफल भएको छैन। तर, अहिले आम रूपमा ठुला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको छ। साना साना दलहरू लिएर सरकार बनाउँदा सरकार अस्थिर भयो भन्ने धारणा जनमानसमा छ। एमाले, कांग्रेसमा पनि छ । तर, अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल भएको छैन।’

Skip This
Logo