रमेश लेखकको स्विकारोक्ति- ‘कांग्रेस सत्तामै हुदाँ पनि विधेयकको काममा कमजोरी भयो’

रमेश लेखकको स्विकारोक्ति- ‘कांग्रेस सत्तामै हुदाँ पनि विधेयकको काममा कमजोरी भयो’

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सरकारमा भएको बेला पनि विधेयकको काममा कमजोरी भएको स्विकार गरेका छन् ।

बुधबार सिंहदरबारमा संसदीय मामिला पत्रकारहरुसँगको छलफलमा उनले आफूहरु सरकारदेखि प्रतिपक्षमा पुग्दा समेत विधेयक निर्माणका सन्दर्भमा कमजोरी यथावत रहेको बताएका हुन् ।

उनले भने, ‘मैले सार्वजनिक रुपमा यो कुरा स्विकार गर्न कुनै कठिनाइ छैन । भएको कुरालाई त स्विकार नगरि भयो त । हामी सरकारमा हुँदा पनि विधेयनको काममा कमजोरी भएकै हो । हामी अहिले प्रतिपक्षमा छौं । त्यो कमजोरी यथावत छ । कुनै न कुनै रुपले विधेयकको काम कमजोर भएको छ भन्ने कुरामा हामीले अनुभुति गर्नुपर्छ ।’

उनले नेपाली कांग्रेस सरकारमा हुँदा समेत अगाडि बढाउनुपर्ने केही विधेयक अगाडि बढाउन नसकेको भन्दै दुःख पनि व्यक्त गरेका छन् ।

संसद प्रभावकारी रुपमा संचालन हुन नसके व्यवस्थामाथि नै खतरा हुने लेखकको भनाइ थियो । उनले भने, ‘संसद प्रभावकारी रुपमा संचालन भएन भने यो व्यवस्थामा पनि जटिलताहरु थपिन सक्छन् । संसदको उपस्थितिमै समस्या रहेको छ । गणपुरक संख्या नपुगेको कारण संसदको बैठक अन्त्य वा स्थगन भयो भने त्यसले के सन्देश जान्छ ?’

Skip This
Logo