गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषद्को आजको बैठक पनि स्थगित

गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषद्को आजको बैठक पनि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषद्को आजको बैठक पनि स्थगित गरिएको छ । बिहान स्थगित बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए तर सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित नभए पछि बैठक स्थगित भएको हो ।

परिषद् बैठकमा ‘अध्यक्ष र कम्तीमा चार जना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुग्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि पनि संवैधानिक परिषदको बैठक बोलाएका थिए । सो बैठकमा देउवा सहभागी नभए पछि बैठक स्थगित भएको थियो ।

कांग्रेसले सोमबार देशभर सरकार विरोधी प्रदर्शनको कार्यक्रम तय गरेकाले सभापति देउवा बैठकमा उपस्थित हुन नसक्ने भन्दै आइतबार गएनन् । त्यहि बैठक आज बिहान बस्ने भनिए पनि सभामुखको उपस्थिती भएन ।

बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको विषय उपर छलफल हुने कार्यतालिका छ ।

परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् ।

Logo