संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले सदन चल्न दिँदैन -गगन थापा

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले सदन चल्न दिँदैन -गगन थापा

केन्द्रबिन्दु
140
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरुद्ध गरिरहने बताएका छन् ।

शुक्रबार दिउँसो ढिला गरी सुरू भएको बैठकमा महामन्त्री थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् । “सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहदैन । यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो”, उनले भने ।

संसद्भित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उनको भनाइ थियो ।

हाल बैठकमा संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गरलगायत नारा चलेका छन् ।

Skip This
Logo