कांग्रेसको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

कांग्रेसको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

केन्द्रबिन्दु
56
Shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो ढिला गरी सुरू भएको बैठकमा कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरुद्ध गरिरहने अडान राखेका थिए । ‘आज सदनमा जुन दृश्य बन्दै छ। त्यसको कारक हामी होइन। जे गर्ने सोच राखिएको त्यसको मूल्य ठूला चुकाउनुपर्नेछ। यसलाई हल्का नठानियोस्, कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छ।’ उनले भने ।

गृहमन्त्रीमाथि सहकारीको रकम अपचलन गरेको प्रशस्तै प्रमाण रहेको पनि उनले दाबी गरे ।

त्यसपछि पुनः कांग्रेसका सांसदले ‘संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’लगायत नारालाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरेले आजै १५ मिनेट पछि बस्नेगरी बैठक स्थगित गरेका हुन् ।

Skip This
Logo