काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नभए पछि आइतबार स्थगित संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका थिए । बैठकमा देउवा सहभागी नहुने भएपछि बैठक स्थगित भएको थियो ।
कांग्रेसले सोमबार देशभर सरकार विरोधी प्रदर्शनको कार्यक्रम तय गरेकाले सभापति देउवा बैठकमा उपस्थित हुन नसक्ने भन्दै आइतबार गएनन् । त्यहि बैठक आज बस्न लागेको हो ।
आज बोलाइएको बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको विषय उपर छलफल हुने कार्यतालिका छ ।
परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेताको उपस्थिती अनिवार्य छ ।































प्रतिक्रिया