प्रधानमन्त्री प्रचण्डले बोलाए कांग्रेस नेताहरूलाई बालुवाटार

प्रधानमन्त्री प्रचण्डले बोलाए कांग्रेस नेताहरूलाई बालुवाटार

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस शीर्ष नेताहरूलाई बालुवाटार बोलाएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेसका महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका हुन्।

आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले सदन अवरोध अन्त्यका लागि कांग्रेस संसदीय दलको बैठक सुरू हुनु अगावै प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बालुवाटार बोलाएका हुन्।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै उनीमाथि संसदीय छानबिन समितिको माग गर्दै निरन्तर सदन अवरोध गरिरहेको छ।

Logo