मन्त्रिपरिषद्‍बाट सरकारको नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद्‍बाट सरकारको नीति तथा कार्यक्रम पारित

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘राष्ट्रपतिले संददको संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गर्यो ।’ यसको साथै उनले आजको बैठकले आर्थिक वर्षको अगावै १६औं पञ्चवर्षीय योजना परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको जानकारी दिइन् ।

उक्त नीति तथा कार्यक्रमलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गर्नेछन्।

Logo