काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
सभामुख घिमिरेले अहिले केही बेर अगाडिदेखि सिंहदरबारस्थित् सभामुख कक्षमा प्रमुख सचेतकहरूसँग छलफल थालेका हुन्।
अपरान्ह ३ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने विषयमा सभामुख घिमिरेले छलफल थालेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपरान्ह ३ बजे संयुक्त सदनमार्फत सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।





























प्रतिक्रिया