ओलीले राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधिसभा विघटन गरेः प्रचण्ड

ओलीले राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधिसभा विघटन गरेः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् ।

आइतबार आफू निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठूलो डिजाइन अन्तर्गत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धीमाथि प्रहार गरेको बताए ।

उनले प्राप्त उपलब्धीको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए । त्यसैगरी बैठकलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफूतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए । प्रतिनिधि पुनर्स्थापना भए ओली पक्षका २० जना नेताहरुले आफूहरुलाई साथ दिने बचन दिएको पनि नेता नेपालको दावी छ ।

Logo