झापा-काठमाडौं सम्पर्क समितिको सभापतिमा जोशी

झापा-काठमाडौं सम्पर्क समितिको सभापतिमा जोशी

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । नेपाली कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिको सभापतिमा नवीन जोशी निर्वाचित भएका छन्।

समितिको तेस्रो अधिवेशनबाट जोशीको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।

समितिको उपसभापतिमा लक्ष्मी ओली, निरज सिटौला र उमा श्रेष्ठ, महासचिवमा तुलसा पन्त, प्रवक्तामा सागर घिमिरे, सचिवमा सञ्जय ढकाल र कोषाध्यक्षमा यशोधा कार्की निर्वाचित भएका छन्।

कुल २९ सदस्यीय कार्यसमिति रहेको सम्पर्कमा पाँच सदस्यभने सभापतिले मनोनित गरिने बताइएको छ।

Logo