सदन फेरि खुलाउने प्रयासमा सभामुख, प्रधानमन्त्री प्रचण्डसँग छलफल

सदन फेरि खुलाउने प्रयासमा सभामुख, प्रधानमन्त्री प्रचण्डसँग छलफल

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । अवरूद्ध सदन खुलाउन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे फेरि प्रयासमा लागेका छन्।

हिजो(मंगलबार) सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष पहलमा कांग्रेस लचकहुँदा केही समयका लागि सदन अवरोध खुलेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको आगामी आर्थीक वर्षको वार्षिक नीति तथा कार्य्रकम प्रस्तुत गर्ने कार्यसूची रहँदा कांग्रेसले सोही समयका लागि मात्र सदन अवरोध गरेको थिएन।

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सदन अवरोध गरेको कांग्रेसले धन्यावाद प्रस्तावसमेत टेबल हुन दिएन्।

धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयबाट प्राप्त पत्रका साथै अन्य सदनका नियमित कामकारवाही अगाडि बढाउनका लागि सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर छलफल गरेका छन्।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै उनीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै कांग्रेसले विगत केही दिनदेखि नियमित सदन अवरोध गरिरहेको छ।

हिजो सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि मात्रै सदन अवरोध नगर्ने र त्यसपछि माग पूरा नभएसम्म सदन अवरोध गर्ने कांग्रेस संसदीय दलको निर्णय छ।

Logo