अन्तत: कांग्रेसकै बटमलाइनमा एकीकृत समाजवादी

अन्तत: कांग्रेसकै बटमलाइनमा एकीकृत समाजवादी

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । सहकारी प्रकरणमा अन्तत: नेपाली कांग्रेसकै बटमलाइनमा एकीकृत समाजवादी पार्टीपनि पुगेको छ।

यस अगाडि सहकारी प्रकरणमा कुनैपनि निर्णय नगरेको एकीकृत समाजवादीले कांग्रेसले अघि सारेको छानबिन समिति गठन गर्न माग गर्ने भएको छ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले सहकारी प्रकरणमा छानबिन समिति बनाउने निर्णय गरेको हो।

बिहीबार केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी ठगी प्रकरणमा दोषीमाथि कारबाही माग गर्ने आफ्नो पार्टी बैठकले निर्णय गरेको बताए। उनले भने,‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधरण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरुपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेका दुःखद घटना सार्वजिनक भएका छन्। यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ। यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भनि माग गर्दछ।’

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेपनि मुछिएको भन्दै संसदीय छानबिन समितिको माग राखेर सदन अवरोध गर्दै आइरहेको छ।

Logo