सदनमा कांग्रेसले अवरोध नगर्ने, गृहमन्त्री लामिछानेलाई बोल्न दिने

सदनमा कांग्रेसले अवरोध नगर्ने, गृहमन्त्री लामिछानेलाई बोल्न दिने

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । संघीय सदनमा कांग्रेसले अवरोध नगर्न भएको छ।

बिहीबार अपरान्ह ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले सदन अवरोध नगर्ने भएको हो।

यस अगाडि गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर निरन्तर सदन अवरोध गरिरहेको कांग्रेसले आजको बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने भएको हो।

सदनमा गृहमन्त्री लामिछाने बोल्ने र त्यसपछि उनको कुरा चित्त बुझेको वा नबुझेको बारे कांग्रेसका कोही नेताले बोल्ने सहमति भएको स्रोतले बताएको छ।

स्रोतका अनुसार कांग्रेसलाई गृहमन्त्री लामिछानेको जवाफ चित्त नबुझे संसदीय छानबिन समिति बनाउन सत्तारूढ दलबीच सहमति भएको छ।

Logo