‘भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ, अन्त जानु पर्दैन’ : गगन थापा

‘भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ, अन्त जानु पर्दैन’ : गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले संसदबाट भागेको सरकारलाई ठेगान लगाउन नेपाली काँग्रेस सडकमा उत्रिएको बताएका छन् ।

काँग्रेसद्वारा धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले बरालिएको सरकारलाई ठेगान लगाउन काँग्रेस सडकमा आएको बताए । उनले सरकारलाई ठेगान नलगाएसम्म नेपाली काँग्रेस घर फिर्ता नहुने समेत बताए । ओली सरकार इतिहासकै भ्रष्ट भएको भन्दै नेता थापाले निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री र स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने स्वास्थ्य मन्त्री नै प्रधानमन्त्रीका प्रिय रहेको बताए ।

नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना नभएको भन्दै कांग्रेस नेता थापाले भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्ने बताए । सरकारले हावादारी गफ दिँदै समय बिताएको आरोप लगाउँदै जनताको पक्षमा कुनै काम गर्न नसकेकोले कांग्रेसले खवरदारी गरिहरेको बताए।

धनगढी चौराहबाट र्यालीसहित शुरु भएको प्रदर्शन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो । जिल्लाका विभिन्न भागबाट सभामा सहभागी हुन कांग्रेस नेता तथा समर्थकहरु धनगढी पुगेका थिए । सभालाई केन्दीय सदस्य गगन थापा, पूर्वमन्त्री रामजनम चौधरी र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले सम्बोधन गरेका थिए ।

Logo