‘म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने’

‘म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने’

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रतिनिधि सभा बैठकमा कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले बिहीबार प्रतिनिधि सभा बैठकमा कांग्रेसले असभ्य व्यवहार गरेको बताएका हुन्।

उनले भने, ‘भिडन्त भएन, कांग्रेसले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला।’

Logo