काठमाडौं । शुक्रबार साँझका लागि नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भनिएको छलफल सरेको छ।
प्रधानमन्त्री प्रचण्ड दाँतको उपचार गर्न विर अस्पताल गएपछि कांग्रेससँग गर्ने भनिएको छलफल शनिबारका लागि सरेको हो।
प्रधानमन्त्री प्रचण्डले यसअगाडि आज साँझ ६ बजे कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका थिए।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ।































प्रतिक्रिया