कांग्रेससँग जसरी पनि सहमतिमा पुग्न प्रचण्ड-ओलीलाई सभामुखकाे आग्रह

कांग्रेससँग जसरी पनि सहमतिमा पुग्न प्रचण्ड-ओलीलाई सभामुखकाे आग्रह

केन्द्रबिन्दु
84
Shares

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि सहमतिमा पुग्न आग्रह गरेका छन् ।

शनिबार बालुवाटारमा सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल जारी रहँदा सभामुख घिमिरेले कति चरण बसेर हुन्छ सहमति गर्न भनेका हुन् । जति बल गरेर संसद चलाए पनि एक क्षणमा त सहमति गर्नै उनको भनाई छ ।

‘प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस् । म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्ने चाहन्छु । जति बल गरेर संसद चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् ।’उनले भनेका छन् ।

त्यस्तै, सभामुख घिमिरेले अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जाने पनि बताएका छन् ।

‘नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश जाँदैन । ‘उनले भनेका छन्, ‘सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन । अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ ।’

Logo