विपक्षी दलहरूको बैठक जारी

विपक्षी दलहरूको बैठक जारी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा विपक्षीदलहरूको बैठक अहिले संसद भवन नयाँबानेश्वरमा बसिरहेको छ।

प्रतिनिधि सभाको बैठक सुरू हुनु अगाडि विपक्षी दलहरूको बैठकमा सदनमा कसरी प्रस्तुत हुनेबारे छलफल भइरहेको बताइएको छ।

बैठकमा कांग्रेससहित जसपा नेपाल, राप्रपा, लोसपालगायतका दलहरू सहभागी रहेका छन्।

Logo