प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक २बजेका लागि सारिएको थियो । तर, निर्धारित समयमा बस्न नसकेपछि साढे ४ बजेका लागि बैठक सारिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्न गठित संसदीय समितिको कार्यादेशबारे छलफल गर्न कार्यदलको बैठक लम्बिएका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो ।
कार्यदेश कति फराकिलो बनाउने रास्वपा सभापति रवि लामिछानेको नाम जोड्ने कि नजोड्ने भन्नेमा विवाद छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वको कार्यदलमा रास्वपाका रास्वपातर्फबाट सांसद शिशिर खनाल, नेपाली कांग्रेसका तर्फबाट सांसद जीवन परियार र नेकपा एमालेका तर्फबाट महेश बर्तौला सदस्यका रुपमा रहेका छन् ।





























प्रतिक्रिया