आवश्यक परे १०/१२ पटक पनि विश्वासको मत लिन्छु -प्रधानमन्त्री प्रचण्ड

आवश्यक परे १०/१२ पटक पनि विश्वासको मत लिन्छु -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
98
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे जतिपटक पनि विश्वासको मत लिने बताएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको १७ महिनामा सोमबार चौथो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा भने, ‘आवश्यक परे अरू १०–१२ पटक पनि विश्वासको मत लिन्छु ।’ उनले आफूले १७ महिनामा चौथो पटक विश्वासको मत लिएको कुरा विश्वमै रेकर्ड बसेको पनि जिकिर गरे ।

प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो । विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी हुनुभएको सभामुख घिमिरेले जानकारी गराए ।

Logo