काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा सहमतिको प्रयास भएको छ।
सिंहदरबारस्थित कानून मन्त्रालयमा बसेको बैठकमा कानूनमन्त्री पदम गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी बैठकले छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमतिको प्रयास भएको हो।
टीओआरमा गृहमन्त्री रवि लामिछानेको नामपनि समेट्ने विषयमा सहमतिको प्रयास भएको हो।
सोमबार नै कार्यदलको बैठक बसेर छलफल गर्ने तयारी भएपनि बैठक बस्न सकेको थिएन।
यस अगाडि सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबित समिति गठन गर्ने सहमति भएपनि त्यो समितिको कार्यादेशमा गृहमन्त्रीको नाम समावेश गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद भएको थियो।





























प्रतिक्रिया