काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग करिब ८० तोला सुन र २० केजी चाँदीका भाँडाकुडा रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार गहृमन्त्री लामिछानेसँग उक्त सुन र चाहिँ रहेको देखिएको हो ।
सार्वजनिक भएको उक्त विवरणमा लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना र काठमाडौंको गोपीकृष्ण प्रालिमा १० रोपनी जग्गा सम्पत्ति रहेको पनि उल्लेख गरिएको छ । उक्त सम्पत्ति श्रीमतिको माइतीतर्फबाट पारिवारिक संगोल भएको विवरणले देखाएको छ ।
यो सम्पत्ति श्रीमती निकिता पौेडलेको आमाबुबाले खरिद गरेको बताइएको छ । लामिछानेले घर निर्माण गर्दाको डेढ करोड रुपैयाँ ऋण रहेको र उनकी श्रीमती पौडेलको नाममा ८ करोड ७५ लाखको गोपीकेष्णमा सेयर स्वामित्व रहेको पनि देखिन्छ । यस्तै, उनी श्रीमतीसँग एक विद्युतीय गाडी रहेको छ ।
यसैगरी लामिछानेको ग्लोबल आइएमई र नेपाल बैंकमा खाता १ लाख ५५ हजार बचत रहेको देखिन्छ । उनकी श्रीमती पौडेलको नाममा भएको पाँच बैंकमा खातमा ५ लाख ५८ हजार बढी बचत रहेको पनि विवरणले देखाएको छ ।































प्रतिक्रिया