कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक जारी

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक जारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

Logo