सडकमा उत्रियाे कांग्रेस

सडकमा उत्रियाे कांग्रेस

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको प्रमुख प्रतिपक्षाी दल नेपाली कांग्रेस सडकमा उत्रिएकाे छ ।

काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा कांग्रेसका शिर्ष नेतादेखि भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कार्यकर्ताहरुको सहभागिता रहेको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका  कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु प्रदर्शनस्थलमा पुगिसकेका छन् ।

गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।

Logo