विश्वप्रकाश शर्माकाे प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ?

विश्वप्रकाश शर्माकाे प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भातृ संस्था हो भन्दै प्रश्न उठाएका छन् ।

आइतबार कांग्रेसले आयोजना गरेको सहकारी ठगीविरुद्धको सडक प्रदर्शनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले महान्यायाधिवक्ताको कार्यलयले कहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी नभएको पत्र दिने, कहिले दुई पासपोर्टमा तपाईंलाई कारवाही हुँदैन भनेर पत्र दिने गरेकाे भन्दै आक्राेश पाेखेका हुन् ।

साथै उनले सत्यलाई झुटले छोपिरहेकाले आफूहरु विरोध प्रदर्शन गर्न सडकमा आउनुपरेको पनि बताए । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दाभन्दै कार्यकक्षबाट गिरफ्तार गरियो । दुईवटा पासपोर्ट भएर गृहमन्त्रालय चलाउने, दुईवटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो ?’ उनले भने ।

यसअघि संसद अवरोध गरिरहेको कांग्रेसले आज सहकारी ठगिविरुद्ध काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शन गरिरहेको छ ।

Skip This
Logo