चाँगुनारायण नगर उपप्रमुखले आफ्नो तलब विद्यार्थीलाई दिने

चाँगुनारायण नगर उपप्रमुखले आफ्नो तलब विद्यार्थीलाई दिने

केन्द्रबिन्दु
42
Shares

भक्तपुर । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम विद्यार्थीहरुका लागि खर्च गर्ने घोषणा गरेका छन्।

नगरपालिकामा पत्रकारहरु माझ आफ्नो दुई वर्षको कार्यकालको अनुभव सुनाउदैं उपप्रमुख बुढाथोकी दुई वर्षको करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेको जानकारी दिए।

सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता आउने सबै सामाजिक कार्यमा खर्च गरेको उनको भनाई छ।

‘मैले पार्टीमा टिकट लिने बेलामा नै भनेको थिए। कुनैपनि सेवा सुविधा आफ्नो लागि खर्च गर्दिन। अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सानाबाबु नानीहरुलाई सानो सहयोग गर्ने गरेको छु,’ उनेल भने।

कहिलेकाहीं आउने पैसाले नपुगे आफ्नो खल्तीको समेत हालेर विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता किनिदिने गरेको उपप्रमुख बुढाथोकीले बताए।

नगरपालिकाले उपलब्ध गराएको गाडी पनि नगर अस्पतालमा बिरामी, सुत्केरी बोक्नको लागि दिएको उनको भनाई छ। एकजना चालक भने आफुने सुविधा लिएको बुढाथोकीले जानकारी दिए।

उपमेयर बुढाथोकीले नगरपालिकामा डोजर आतंक रहेको बताए। नगरपालिकामा वडा नं. १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध तवरले डोजर चलिरहेको छ, उनले भने।

उपमेयर बुढाथोकीले पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लाने तर जग्गा व्यवसायी र प्लटिङ व्यवसायीहरूले नगरपालिकाको आँखा छलेर १० रोपनीमा डोजर चलाउने गरेको बताए।

उनले अवैध रूपमा डोजर चलाएका व्यवसायीबाट कर उठाएको, डोजरको साँचो नियन्त्रणमा लिएपनि डोजर चल्न नरोकिएको जानकारी दिए। त्यसबारे जनप्रतिनिधिसमेत मौन रहेको उनको दुःखेसो छ।

नगरपालिकाको अनुमती बेगर कित्ताकाट गरेका जग्गाको घरबाटो सिफारिस दिँदा जरिवाना स्वरुप एक पटकको लागि प्रतिआना रु १५ हजारको दर लिने गरेको र जस अनुसार चार करोड रुपैया राजश्व संकनल गरेको छ।

Logo