‘सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौं, पक्राउ गर्ने तरिका गलत भयो’ -राजेन्द्र लिङ्देन

‘सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौं, पक्राउ गर्ने तरिका गलत भयो’ -राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई छानबिन हुनै हुन्न भनेको नभएर पक्राउ गर्ने तरिका मात्र गलत भएको प्रष्टिकरण दिएका छन् ।

पार्टी केन्द्रीय समितिको निर्णय सोमबार सार्वजनिक गर्दै उनले सिरोहियालाई पक्राउ गर्न राज्यसत्ताको दुरुपयोग हुनु उचित नभएको भन्दै कानुन सबैलाई बराबर हुनुपर्ने बताएका हुन् ।

‘कैलाश सिरोहियालाई जुन समयमा, जुन ढंगबाट पक्राउ गरियो त्यो ठिक भएन भन्ने हाम्रो धारणा छ । एउटा व्यक्तिलाई पुर्जी काटेर बोलाउँदा पनि हुन्थ्यो तथा थोरै प्रहरी पठाएर लाँदा पनि हुन्थ्यो भनेको हो । तर, जुन आतंक सिर्जना गरियो त्यो उचित छैन मात्र भनेका हौं,’ उनले भने, ‘हामीले सिरोहियामाथि छानबिन हुनुहुन्न भनेका छैनौं । सिरोहियाले गल्ती गरेका छैनन् भनेका छैनौं । त्यो त अब न्यायिक निरूपणको विषय भइसक्यो । त्यो न्यायिक निरूपण हुने नै छ । तर, राज्यसत्ताको त्यसप्रकारको दुरुपयोग चाहिँ उचित हुन्न, कानुन सबैलाई बराबर लाग्नुपर्छ ।’

Logo