कोशीमा पनि मनाइयो गणतन्त्र दिवस

कोशीमा पनि मनाइयो गणतन्त्र दिवस

केन्द्रबिन्दु
15
Shares

मोरङ । कोशी प्रदेश सरकार मूल समारोह समितिद्वारा १७औँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज यहाँ प्रभातफेरी, कोणसभा र सरसफाइ गरिएको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी रोडशेष चोक, पाञ्चाली चोक, बसपार्क एवं महेन्द्र चोक पुगी कोणसभामा परिणत भएको थियो। कोणसभामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी, विभिन्न मन्त्रालयका सचिव, प्रदेश कार्यालयका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता थियो।

सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले नेपाली जनताले ठूलो त्याग एवं बलिदानपछि ल्याएको सङ्घीय गणतन्त्रको संरक्षण र संवर्द्धन गर्नुपर्ने जिम्मेवारी सबैको काँधमा आएको बताए। उनले गणतन्त्र ल्याउन आफ्नो जीवन आहुती दिने ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरे।

Skip This
Skip This
Logo