गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथग्रहण

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथग्रहण

केन्द्रबिन्दु
28
Shares

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालतको परमादेशअनुसार दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

साथै नवनियुक्त मुख्यमन्त्री पाण्डेले आजै तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन्। कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा। टकराज गुरुङले पनि मन्त्री पदको शपथ लिएका छन् । गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने थापाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

Logo