पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण: मन्त्री तामाङ

पशुपति जस्तो धार्मिक क्षेत्रमा राजनीति हुनु दुर्भाग्यपूर्ण: मन्त्री तामाङ

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले मुलुकका गैर राजनीतिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हुने समस्या रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनको कार्यान्वयन अवस्था र स्थलगत अध्ययन अवलोकन अनुगमनबाट देखिएका विषयहरुका सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री तामाङले पशुपति जस्तो विशुद्ध धार्मिक स्थलमा समेत राजनीति हुनु दुर्भाग्यपूर्ण रहेको बताए।

उनले भने, ‘हाम्रो नेपालको समस्या के रहेछ भने। जुन ठाउँ अलि गैरराजनीतिक ठाउँ हुन्छ नि त्यहाँ नै धेरै राजनीति हुँदो रहेछ। विद्यालयलाई गैरराजनीतिक क्षेत्र भनिन्छ। त्यहि गएर बढि राजनीति हुँदो रहेछ। धार्मिक स्थलहरुलाई पनि गैरराजनीतिक स्थल भन्छौं। सबैभन्दा बढि त्यहाँ राजनीति हुने। एकले अर्कालाई कसरी नङग्याउन सकिन्छ। कसरी फसाउन सकिन्छ भन्ने कोणबाट काम गर्ने ठाउँ रहेछ। राजनीति गर्न चाहानेले बाहिर बसेर गरौं। पशुपति भनेको विशुद्ध धार्मिक स्थल हो। त्यहाँ पनि राजनीति हुँदो रहेछ। त्यसैले म त्यो हुन दिने पक्षमा छैन्।’

उनले राज्यले पुरातत्व विभागको अहिलेसम्म विकास गरेको नीतिगत दृष्टिकोणको अधारमा देशका ऐतिहासिक स्थलहरुको संरक्षण गरेर पर्यटकहरुमा आकर्षण बढाउन आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो ऐतिहासिक पुरातात्तिक महत्वका सम्पदाहरु भएका स्थलहरुको संरक्षण गर्दै पुरातत्व विभागको अहिलेसम्म विकास गरेको नीतिगत दृष्टिकोण के छ त्यसको आधारमा संरक्षण गर्दै त्यो वरीपरि पर्यटकहरु ल्याउनका लागि र आकर्षण बढाउँनका लागि राज्यले पहल गर्नुपर्छ। त्यसलाई नयाँ बनाएर होइन कि त्यहिँ पुरानोलाई जस्ताको त्यस्तै संरक्षण गरेर गर्नुपर्ने काम धेरै हुन्दा रहेछ जसको लागि बजेट धेरै चाहिदो रहेछ। बजेट हामीसँग अभाव छ।’

Logo