काठमाडौं । कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले ल्याएको ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवककारुपमा सडकमा ल्याउने नियम कुन कानुनमा रहेको भन्दै प्रश्न गरेका छन्।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले यस्तो प्रश्न गरेका हुन्।
उनले भने, ‘मापसे गरेका मान्छेहरूलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे! यो कुन कानूनमा र कुन नियममा छ? गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि? मन्त्रालयबाट पत्राचार भएको छ कि? यसरी मुलुक चलाउने शासन पद्धतीको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामीविरुद्धमा छौँ। त्यसैले कसैको पनि श्रम शोषण गर्न पाइँदैन। कानून अनुसार मुलुकलाई अगाडि बढाउनु पर्दछ। कहिलेकाहीँ विद्यार्थीहरूले, विदेशीहरूले पनि स्वयंसेवा गर्छन्। पहेँलो ज्याकेट लगाउने मान्छेहरू सबै मापसेयुक्त हुन भन्ने भान भयो भने मुलुक कतातिर जान्छ? तिनीहरूको इज्जत रहन्छ रहँदैन। त्यसैले यो काम तुरुन्त बन्द गरेर कानून अनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् भन्ने माग गर्न चाहन्छु।’





























प्रतिक्रिया