ओलीको ‘निम्छारो’ पछि देउवाको ‘काँतर’ (भिडियोसहित)

ओलीको ‘निम्छारो’ पछि देउवाको ‘काँतर’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिए । सांसदहरुले राखेको प्रश्नको जवाफ दिनेबेला प्रधानमन्त्री ओलीले जुन भाषा प्रयोग गरे त्यसले संसदमै हंगामा मच्चियो । प्रश्नको जवाफ दिनुअघि रोष्टममा उभिएर प्रधानमन्त्री ओलीले फ्याट्ट भनिहाले, ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ प्रस्तुत गर्छु ।’
‘निम्छरा’ शब्द प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पचेन । कांग्रेसले विरोध जनाईहाल्यो । जसका कारण संसद बैठकनै प्रभावित बन्य पुग्यो । प्रतिपक्ष बेञ्चको अन्तिम लहरबाट मीन विश्वकर्माले सुरु गरेको ध्यानाकर्षणको प्रस्तावले सदनको माहोल अर्कै बन्यो । प्रधानमन्त्रीले बोल्दै गर्दा नेपालको संसदमा यसरी पहिलोपटक सुरुवातमै गैरसंसदीय भाषा बोलेको आक्षेप खेप्नु पर्‍यो । जुन मध्ये मिन्छरा शब्दको अहिले पनि चर्चा परिचर्चा भईरहेको छ ।

आज फेरि अर्को शब्द त्यसरी नै चर्चामा आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुखलाई काँतर भनेका छन् । मंगलबार संसदमा भएको हत्कण्डालाई सुल्झाउन नसकेको भन्दै सभापति देउवाले सभामुख कृष्णबहादुर महरालाई डरपोक र काँतरको संज्ञा दिएका हुन् ।

सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर संसदीय भाषालाई डिलिट गर्न आफ्नो पार्टीले पटक पटक आग्रह गर्दा पनि सभामुख महराले डराएर सो काम गर्न नसकेको दावी गरे । ‘नेपालको संसदीय इतिहासमा यति कमजोर, यति डरपोक र काँतर सभामुख आफूले कहिल्यै नदेखेको’ सभापति देउवाको दावी छ । यतिबेला सामाजिक सञ्जालमा देउवाको काँतरको पनि चर्चा भईरहेको छ ।

प्रधानमन्त्रीले भनेको ‘निम्छरो’ शब्दको अर्थ के ?

Skip This
Skip This
Logo