नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका पोलिट्ब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बमलाई नेपालगञ्जबाट पक्राउ गरेको हो । बमसँग बिस्फोटक सामग्री र केही दस्तावेज फेला पारेको छ । पक्राउ परेका बम विप्लव नेकपाका शीर्ष ५ जना नेतामध्ये पर्छन् ।
प्रहरीले यसअघि विप्लव समूहका पोलिट्ब्यूरो सदस्य हेमन्तप्रकाश वली (सुदर्शन)लाई पक्राउ गरेको थियो ।





























प्रतिक्रिया