काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गरेका छन्।
आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेर एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियानको थालनी गरे। अभियानमार्फत ‘राष्ट्रका लागि दुई घण्टा’ छुट्याउन प्रेरणा मिल्ने बताइएको छ।
अध्यक्ष ओलीले विद्यार्थीसँगै सडकमा बढारेर सफाई अभियानका सदस्यलाई हौसला दिएका थिए।
कार्यक्रममा विभिन्न संघसंस्थाले वातावरण दिवसको सचेतना जगाउने नारा लेखिएका ब्यानरसहित र्याली निकालेर कौशलटारदेखि सूर्यविनायकसम्म पुगेका थिए।
सो कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधि, महिला समूह, विभिन्न विद्यालय र कलेजका विद्यार्थी, स्थानीय तथा राजनीतिक व्यक्तिको बाक्लो उपस्थिति रहेको थियो।
यो वर्षको विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने रहेको छ।





























प्रतिक्रिया