नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सन्दीप लामिछानेको अमेरिकाको भिसाका लागि सरकारले उचित पहल नगरेको आरोप लगाएका छन् । अदालतले नै निर्दोष ठहर गरिसकेको अवस्थामा सन्दीपले विश्वकप क्रिकेट खेल्न नपाउने अवस्था आउनु सरकारकै कमजोरी भएको उनको भनाई छ ।
‘सम्मानित अदालतले निर्दोष साबित गरिसकेपछि यसबेला सन्दीप लामिछाने विश्वकपको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहनुभएको अवस्था हुनुपर्थ्यो’ बिहीबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै महामन्त्री शर्माले भने, ‘आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसुचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो । यसमा कमजोरी कहाँ रह्यो ?’
यस विषयमा महामन्त्री शर्माले खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको ध्यानाकर्षण गराएका छन् ।































प्रतिक्रिया