बालेनलाई न्युरोड खन्न दिनुपर्छ भन्दै कांग्रेसद्वारा एमालेलाई काउन्टर [भिडियाेसहित]

बालेनलाई न्युरोड खन्न दिनुपर्छ भन्दै कांग्रेसद्वारा एमालेलाई काउन्टर [भिडियाेसहित]

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्यूरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौंका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठूलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन् । ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ,’ शर्माले भने। स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन्।

यस्तै, कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौं महानगरबीचको टकरावले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरे । उनले भने,‘हालै संघीय सरकार र महानगरपालिकाबीच देखिएको सडक भत्काउने र बनाउने गाइजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ । त्यसैले तत्काल समन्वय होस् । सरकारी पक्षले अहंकार र झगडिया मानसिकता नबनाओस् । यसलाई समन्वय गरेर सरकारले आफ्नो दायित्व पूरा गरोस् ।’

कांग्रेसकी सांसद कान्तिका सेजुवालले पनि काठमाडौं महानगरका मेयर बालेनलाई काम गर्न दिनुपर्ने माग गरेकी छिन् । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ कि हामी खारेज गरौँ । स्थानीय तहबारे यो संविधानमा जुन परिकल्पना गरेको छ, खारेज गरौँ, होइन भने बालेनलाई काम गर्न किन नदिने ? त्यो न्युरोडदेखि वसन्तपुर, ठमेलमा किन गाडी गुड्ने शहर चाहियो ?,’ उनले भनिन् ।

Logo