प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको शैलीलाई समर्थन गरेको भन्दै नेकपा एमालेले असन्तुष्टि पोखेको छ ।
बिहीबार संसद भवनबाहिर सञ्चारकर्मीसँग एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बालेनले सामाजिक सञ्जालमा विभिन्न स्टाटसहरू लेखेर समाजलाई नकारात्मक पथमा हिँडाउने काम गरिरहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘शीर्षस्थ नेताहरू, जसले देशका लागि लड्नुभयो, लोकतन्त्रका लागि लड्नुभयो, उहाँहरूले गरेको त्याग, तपस्या जेलनेल त्यो यातनालाई मजाकको विषय बनाएर जे प्रस्तुति मेयरबाट भइरहेको छ, त्यो कुरा ठिक छ भनेर यदि नेपाली कांग्रेसका महामन्त्रीज्यूले भन्नुहुन्छ भने यो त गणेशमान, गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराईमाथिको अपमान हो । यो व्यवस्था ल्याउनका लागि लडेका सबैको लागि अपमान हो ।’
आज कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौंका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठूलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए । ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरूरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ,’ शर्माले भने। स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन्।































प्रतिक्रिया